काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयताविरोधीहरू सामाजिक सद्भाव बिगार्ने गतिविधिमा सक्रिय रहेको बताएका छन्।
इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्म दिवसको अवसरमा मुस्लिम धर्मावलम्बीले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा सामाजिक सद्भाव बिगार्ने क्रियाकलापमा संघीयताविरोधीहरू सक्रिय रहेको बताए।
उनले सामाजिक सद्भाव बिगार्नेहरू र सङ्घीयता विरोधीहरूबाट सचेत हुन आवश्यक रहेको बताए। उनले संसारको कुनै पनि शक्ति सङ्घीयताको विरोधमा लागे पनि सङ्घीयतालाई खारेज गर्न नसक्ने बताए।
उनले प्रदेश सरकारसँग आफ्नो प्रशासन नहुँदा सामाजिक सद्भाव बिगार्नेहरूलाई कारबाही गर्न नसकेको गुनासो गरे। सङ्घ सरकारले त्यस्ता गतिविधि गर्नेलाई कारबाही नगर्दा उनीहरूको मनोबल उच्च भइरहेको उनको भनाइ छ। उनले संघीय सरकारसमेत संघीयताविरोधी रहेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेशको आम्दानी न्यून, योजना कार्यान्वयनमा समस्या
मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री जनकपुरमा
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १७०० पशु मरे