काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले यही असोज १४ गतेदेखि समाजवादी जागरण अभियान २०८० सञ्चालन गर्ने भएको छ ।असोज १४ गते झापाको काँकडभिट्टास्थित मेची नदीबाट बिहान ९ बजेदेखि शुरू हुने उक्त अभियान असोज २९ गते सुर्खेत पुगेर सभा गरी सम्पन्न हुने पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उनका अनुसार अभियानका क्रममा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेन्डा जनतालाई जानकारी गराइनेछ । साथै समृद्धि र समाजवादको आजको कार्यक्रम के हुनसक्छ भनेर बताउने तथा जनताको सुझाव लिएर अझ स्पष्टताका साथ आउन पहलकदमी गर्नेसम्मका रहेका उनले बताए ।
उक्त अभियानले सुशासन, रोजगारी समृद्धि त्यसभित्रका महत्वपूर्ण कृषि क्रान्ति सीमारक्षा, किसानले उत्पादन गरेको वस्तु सरकारले खरिद गर्नुपर्ने, कृषि मूल्य निर्धारण गर्नुपर्ने, किसानले आफूले उत्पादन गरेका सामान सरकारले किनेर बचत गर्ने परिस्थिति निर्माण गर्नुपर्ने तथा आत्मनिभर नेपाल बनाउने सन्देश दिने प्रवक्ता खतिवडाले बताए।
उनले भने, “समाजवादी जागरण अभियान, २०८० ले जनतासँग हाम्रो पार्टीलाई जोड्छ, जनताको कुरा सुन्छ र आफ्ना नीति निर्माणमा त्यसलाई अभिव्यक्त गर्छ ।” एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, १४ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा
माओवादी, एकीकृत समाजवादीसहित नौ वाम पार्टीवीच आज औपचारिक एकता घोषणा सभा हुँदै
माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच आज एकता घोषणा
जनार्दन र घनश्यामले माओवादी र एकीकृत समाजवादी नै ब्यूताउँन सक्छन् ? यस्तो छ कानुनी ब्यवस्था
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सकियो, माओवादीसँग एकता गर्ने निर्णय
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?