स्थानीय तहले कार्यविस्तृतीकरण परिमार्जन सम्बन्धी बनेको सुझाव प्रतिवेदन सरकारलाई बुझायो

सफल खबर संवाददाता

शुक्रबार, १२ असोज २०८०, १४ : ३५
स्थानीय तहले कार्यविस्तृतीकरण परिमार्जन सम्बन्धी बनेको सुझाव प्रतिवेदन सरकारलाई बुझायो

काठमाडौं । स्थानीय तहले कार्यविस्तृतीकरण परिमार्जन सम्बन्धी बनेको सुझाव प्रतिवेदन सरकारलाई बुझाएको छ ।

नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना र गाउँपालिका महासघंकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शुक्रबार संयुक्त रुपमा उक्त प्रतिवेदन निमित्त मुख्य सचिव एकनारायण अर्याललाई बुझाएका हुन् ।

संविधानमा उल्लेख भएपनि एकल र साझा अधिकार कार्यान्वयन हुन नसकेको, स्थानीय तहको अधिकार कार्यान्वयन गर्न नपाएको लगायतका विषय सुझाव प्रतिवेदनमा समेटिएको महासंघले जनाएको छ ।

यस्तै स्थानीय सरकार सञ्चलान ऐन अनुसार पालिकाको शासन सञ्चालन समस्या र समाधानका उपाय समेत प्रतिवेदनमा उल्लेख रहेको छ । प्रतिवेदन तयार गर्न पालिका संघले नेपालगञ्ज, बर्दिबास र भरतपुरमा स्थानीय तहका पदाधिकारी, विज्ञहरुसँग छलफल समेत गरेको थियो ।

महासंघकी अध्यक्ष पाण्डेका अनुसार सझुाव प्रतिवेदनले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जन गर्न संघीय सरकारलाई मद्धत पुग्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस