काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले आगामी निर्वाचनमा आफ्नो पार्टीको जमानत जफत हुने परिस्थिति बनाइदिन भन्दै पुराना दलप्रति व्यंग्य गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत लामिछानेले चार वर्ष मिलेर काम गर्न र त्यसपछि २०८४ को चुनावमा आफूलाई राजनीतिबाट विस्थापन गराइदिन आग्रह गरेका हुन् ।
उनले भनेका छन्,‘मिसन ८४ भनेर तपाईँहरूले भनेको त फिटिक्कै सुहाएन। तपाईँको लागि त मिसन ८० नै छ त! मिसन ००७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त! केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिसन ८०, मिसन ८१, मिसन ८२, मिसन ८३ छँदै छ त! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याईं वाला, सिद्धान्त नभएका, आफ्नै शहीद नभएका दललाई पूरै असान्दर्भिक बनाइदिनुस्।’
उनले अबको ४ वर्ष काम गरेर देखाउन चुनौती समेत दिएका छन्। ‘बाँकी समय काम गरेर देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईंहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्।’
४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्ने बताउँदै उनले लेखेका छन्, ‘तपाईंहरुसँग ४/४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई। राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर! कि तपाईँको कि हाम्रो। ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
रास्वपाका संस्थापक सदस्य स्वतः केन्द्रीय समिति सदस्य हुने
रास्वपा महाधिवेशन आजदेखि सुरु हुँदै
रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु
रास्वपा महाधिवेशन : विदेशबाट पनि मतदान गर्न मिल्ने
रास्वपा महाधिवेशनको सुरक्षामा १०८७ प्रहरी परिचालन गरिने