काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले आगामी निर्वाचनमा आफ्नो पार्टीको जमानत जफत हुने परिस्थिति बनाइदिन भन्दै पुराना दलप्रति व्यंग्य गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत लामिछानेले चार वर्ष मिलेर काम गर्न र त्यसपछि २०८४ को चुनावमा आफूलाई राजनीतिबाट विस्थापन गराइदिन आग्रह गरेका हुन् ।
उनले भनेका छन्,‘मिसन ८४ भनेर तपाईँहरूले भनेको त फिटिक्कै सुहाएन। तपाईँको लागि त मिसन ८० नै छ त! मिसन ००७ सालदेखि निरन्तर मिसन नै मिसन थियो त! केही नभए पनि मिसन ६३ देखि त अवसर नै अवसर थियो होला। अझ मिसन ८०, मिसन ८१, मिसन ८२, मिसन ८३ छँदै छ त! यो ४ वर्ष सबै मिलेर यसरी काम गर्नुस् कि हामी जस्ता नयाँ, लोकरिझ्याईं वाला, सिद्धान्त नभएका, आफ्नै शहीद नभएका दललाई पूरै असान्दर्भिक बनाइदिनुस्।’
उनले अबको ४ वर्ष काम गरेर देखाउन चुनौती समेत दिएका छन्। ‘बाँकी समय काम गरेर देखाइदिनुस् आफ्नो अपार क्षमता। जनताले तपाईंहरुलाई यसरी भोट दिउन् कि हाम्रो जमानत जफत होस्।’
४ वटा सही निर्णयले मात्रै पनि मुलुकमा धेरै सुधार हुन सक्ने बताउँदै उनले लेखेका छन्, ‘तपाईंहरुसँग ४/४ वर्ष छ। गर्नुस् निर्णय र देखाइदिनुस् हामी सबैलाई। राजनीतिको एउटा सटर त बन्द हुनै पर्छ हजुर! कि तपाईँको कि हाम्रो। ४ वर्षअघि नै एड्भान्समा घण्टी बजाएर सचेत गराएको छु, सोच्नु होला।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खगेन्द्र कर्णलाई रास्वपाले बनायो समानुपातिक उम्मेदवार
रास्वपाको समानुपातिक सूचीमा राखिएकोप्रति डा. महेन्द्र लावतीको असहमति
रास्वपाद्वारा बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति केन्द्रीय समितिबाट अनुमोदन
बालेनको ब्यवस्थापनका लागि रास्वपाले विधानमा ‘वरिष्ठ नेता’को पद सिर्जना गर्ने
रास्वपाको समानुपातिकतर्फ ३८७ जना आकांक्षीको अन्तिम सूची सार्वजनिक
सरकारी टोलीद्वारा रास्वपा पार्टी कार्यालय अनुगमन