काठमाडौ । सुन तस्करीमा संलग्न भएको आरोपमा जिल्ला प्रहरी कार्यालय दोलखाले पाँच जनालाई पक्राउ गरेको छ।
चार किलो सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको दोलखाका डीएसपी दीपक खड्काले जानकारी दिए।
पक्राउ पर्नेमा बिगु गाउँपालिका-३ की सीता तामाङ, पेम्बा तामाङ, माधव मगर, बिगु- १ का नुर्बु शेर्पा र सुनमला तामाङ छन्।
सीता तामाङको घरमा डेरा गरी बस्ने केशर तामाङले सुन तस्करी गरी लुकाई छिपाई राखेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले सुरुमा सीता, पेम्बा र माधवलाई पक्राउ गरेको थियो।
उनीहरुको सूचनाको आधारमा चरिकोटस्थित शुभकामना होटलबाट नुर्बु र सुनमलालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुकाे साथबाट ३० हजार नगद पनि बरामद गरिएकाे प्रहरीले जनाएकाे छ। नुर्बु सुनमला तस्करीको सुन किन्न गएको अनुमान प्रहरीले गरेको छ।
पक्राउ परेका पाँचै जनालाई दोलखा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। नेपाली नागरिकलाई प्रयोग गरी चिनियाँले सुन नेपाल पठाएको अनुमान प्रहरीले गरेको छ।
बिहीबार राति दोलखाको बिगु गाउँपालिका–३ जामुनेबाट प्रहरीले चार किलो अवैध सुन बरामद गरेको थियो। बरामद सुन चीनको फलाक नाका हुँदै तस्करहरुले नेपाल भित्र्याएको अनुमान प्रहरीले गरेको छ।
पक्राउ परेका पाँचै जनालाई इलाका प्रहरी कार्यालय सिंगटीमा राखेर थप अनुसन्धान अघि बढाइएको डीएसपी खड्काले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असोज २०८०, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि
सुनको मूल्य तोलामा १८ सयले बढ्यो, कतिमा हुदैछ कारोबार ?