सचिव रवीन्द्रनाथ श्रेष्ठले पाए अवकाश

सफल खबर संवाददाता

विहीबार, ११ असोज २०८०, १५ : २७
सचिव रवीन्द्रनाथ श्रेष्ठले पाए अवकाश

काठमाडौँ । सचिव रवीन्द्रनाथ श्रेष्ठले बिहीबारदेखि अवकाश पाएका छन् । शहरी विकास मन्त्रालयका सचिव रहेका श्रेष्ठले उमेर हदका कारण अवकाश पाएका हुन् । खानेपानी इन्जिनियरका रूपमा २०४७ सालमा निजामती सेवा प्रवेश गरेका श्रेष्ठले खानेपानी, शहरी विकास, सिँचाइ र सडकसम्बद्ध निकायमा काम गरेका थिए ।

०६२ सालमा उपसचिवमा बढुवा भएका श्रेष्ठ ०६६ सालमा सहसचिव बनेका थिए । सडक विभागको महानिर्देशक समेत भएका उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि प्राविधिक सहसचिवका रूपमा काम गरेका थिए ।

उनले सहरी विकास सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिँचाइ मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा सचिवका रूपमा काम गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस