काठमाडौं । गृह मन्त्रालयले केही दिनयता विभिन्न जिल्लाहरूमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने जनाएको छ।
बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले मकवानपुर, कञ्चनपुर, लमजुङ र कास्की लगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू माथि भएको आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषिमाथी कारबाही गरिने बताएको हो।
हिजो गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकले स्वास्थ्कर्मीहरुमाथि आक्रमण गर्नेहरूलाई स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ बमोजिम कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गरेको छ।
प्रकारका विरोधका कार्यक्रमहरू अन्त्य गरी आफ्नो जिम्मेवारी कर्तव्य निर्वाह गर्दै आ–आफ्नो कार्यक्षेत्रमा फर्कन स्वास्थ्यकर्मीलाई मन्त्रालयले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० असोज २०८०, १९ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयले ओली र दाहालका मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलायो
अध्यागमन र भिजिट भिसा प्रकरणको प्रतिवेदन गृह मन्त्रालयमा पठाउने निर्णय
विरोधका कार्यक्रम शान्तिपूर्ण ढङ्गबाट गर्न गृह मन्त्रालयको आग्रह
फरार अभियुक्त पक्राउ गर्न गृह मन्त्रालयले बढायो सक्रियता
कर्मचारीलाई कडा निर्देशनः २४ घण्टाभित्र हाजिर नभए कारबाही (सूची)
स्पेन प्रकरण छानबिनका लागि गृह मन्त्रालयमा उच्चस्तरीय बैठक