एमाले बाग्मती अधिवेशन: अध्यक्षमा कडा प्रतिस्पर्धा हुने

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, १२ : १२
एमाले बाग्मती अधिवेशन: अध्यक्षमा कडा प्रतिस्पर्धा हुने

काठमाडौं। नेकपा (एमाले)को बाग्मती प्रदेश नेतृत्वका लागि नेताहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ । ​बाग्मतीमा २४० सदस्यीय कमिटी निर्वाचित हुँदा अध्यक्षमा पेचिलो प्रतिस्पर्धा हुने देखिएको हो । यसअघि लुम्बिनीमा अन्तिमसम्म पनि सहमति प्रयास गर्दा पनि नभएपछि निर्वाचनबाट नेतृत्व चुनिएको थियो ।

 

अध्यक्ष केपी ओलीले सोमबार उद्घाटन गरेपछि आज (मंगलबार) बन्द सत्र र नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ ।बाग्मतीमा पनि लुम्बिनीजस्तो हुन नदिन नेताहरूले सहमति प्रयास गरेका छन् । तर एक अध्यक्षका लागि कम्तिमा मुख्य पाँच आंकाक्षी देखिएका छन् ।

अध्यक्षका लागि मुख्य दाबेदारमा कैलाश ढुंगेल (रामेछाप), केशव पाण्डे (नुवाकोट) र कृष्ण दाहाल (मकवानपुर) मुख्य दाबेदारमा देखिएका छन् । त्यस्तै सानुकुमार श्रेष्ठ (काठमाडौं), कृष्णभक्त पोखरेल (चितवन), प्रदेश अध्यक्षका लागि सहमति गर्ने तयारी स्वरूप नेतारू लागेको बताइन्छ । सानुकुमार, पाण्डे र पोखरेलमध्ये एकको नाममा सहमति गर्ने प्रयास भएको बताइन्छ । 

 

तर, ढुंगेल र दाहालले अरुको नाममा हुने सहमति नमान्ने अडान लिइरहेको बताइन्छ । यस्तोमा अन्तिममा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा हुने सम्भावना बढी रहेको एक नेता बताउँछन् । अध्यक्षबाहेक उपाध्यक्ष र सचिव एकएक जना, दुई उपसचिव बाग्मतीमा पदाधिकारी हुनेछन् । 

यसअघि ४७९ सदस्यीय प्रदेश कमिटी रहे पनि घटाएर २४० सदस्यीय बनाउने तयारी एमालेले गरेको हो । प्रदेश अधिवेशनका लागि ११५० प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस