काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आह्वान गरेको छ । बैठक भोलि (बुधबार)अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको हो ।
बैठकमा संविधान दिवसको दिन राष्ट्रपतिबाट दिइएको जेल सजाय छुट र जिल्लामा परिचालित नेताहरूको रिपोर्टबारे छलफल हुने महामन्त्री मुकुल ढकालले जानकारी दिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ६७० जनाको बाँकी जेल सजाय छुट दिने निर्णय गरेका थिए । यसैगरी जनताको आवाज सुन्न भन्दै १९ जिल्लामा खटिएका नेताहरूको ब्रिफिङबारे पनि छलफल हुने छ । रास्वपाले ३ असोजदेखि ७ असोजसम्म १९ नेतालाई १९ जिल्लामा खटाएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असोज २०८०, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको हस्ताक्षर अभियान’मा कति उठ्यो पैसा ?
यस्तो छ रास्वपाका कार्यवाहक सभापति अर्यालको प्रतिवेदन
रास्वपाको पार्टी सदस्य संख्या ३ लाख, ३ जिल्लामा समिति बन्न बाँकी
रास्वपाको विस्तारित बैठक सुरु
रास्वपाको विस्तारित बैठक आजदेखि, पार्टीको आगामी रणनीति तय गर्ने मुख्य एजेन्डा
रास्वपाद्वारा केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर