काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग गरेको सहमती अनुरुप शिक्षा विधेयकलाई संशोधन गरी पारित गर्न सभामुखलाई ध्यानाकर्षण गराएको छ ।
सोमवार नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोलीले सभामुख देवराज घिमिरेलाई भेटी सरकारसँग गत असोज ५ गते भएको सहमतिका बारेमा जानकारी गराएको हो । आन्दोलनरत शिक्षक र सरकारकाबीचमा भएको सहमति अनुरुप विधेयकलाई संशोधन गर्दै पारित गर्न शिक्षकहरुले सभामुखको ध्यानाकर्षण गराएका हुन् । आफूहरुले पटक–पटक सहमतिको नाममा सरकारबाट धोका खाएको भन्दै शिक्षकहरुले यसपटक भने विधेयकमा सहमतिका बुँदा अनुरुप संशोधन भइ माग पूरा गर्न सभामुखलाई अनुरोध गरिएको छ ।
सभामुखसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सहअध्यक्ष पराजुलीले सभामुखलाई सरकारसँग भएको सहमतिको बुँदा हस्तान्तरण गर्दै संसदमा आवश्यक भूमिका खेल्न आग्रह गरिएको बताईन् । उनले विधेयक फिर्ता नगरी शिक्षकहरुको आवश्यक माग सम्बोधन गर्दै तुरुन्त पारित गर्न आग्रह गरिएको पनि बताईन् ।
सभामुख घिमिरेले शिक्षकहरुको सरकारसँग भएको सहमति बमोजिम विधेयक पारित गर्न आफूले पहलकदमी लिने बताउनुभएको पनि सहअध्यक्ष पराजुलीले जानकारी दिईन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ असोज २०८०, १६ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रदर्शनका लागि शिक्षकले सडक कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल
शिक्षक महासंघद्वारा आम शैक्षिक हड्ताल घोषणा, एसईईको उत्तर पुस्तिका परीक्षण समेत रोकियो
नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा आन्दोलन गर्ने