कला र संस्कृतिमा विकृति बढ्दै गयो : मदनकृष्ण श्रेष्ठ

सफल खबर संवाददाता

शनिबार, ०६ असोज २०८०, १५ : ०६
कला र संस्कृतिमा विकृति बढ्दै गयो : मदनकृष्ण श्रेष्ठ

काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले नेपालको कला र संस्कृतिमा विकृति बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिबार काठमाडौँमा आयोजित सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालको कला र संस्कृति, परम्परा र रितिरिवाजमा पछिल्लो समय विकृति भित्रिएको भन्दै सबैले आफ्नो कला र संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताए ।  उनले कला र संस्कृतिको जगेर्ना गरेमात्रै हाम्रो पहिचान कालान्तरसम्म रहिरहने बताए ।

 

उनले श्रष्टाहरुले आफ्ना सिर्जनाहरु कालजयी हुने गरेर सिर्जना प्रस्तुत गर्नुपर्ने बताए । उनले भने, ‘पहिलाको परम्परा, गीत, संगीत धेरै राम्रा थिए । तर अहिले त्यसमा विकृति र विसंगति बढिरहेको छ । यसलाई हामीले रोकेर आफ्नो मौलिक संस्कृति र पहिचान झल्कने परम्पार र रितिरिवाजमा लाग्नुपर्छ ।

हाम्रो मौलिक संस्कृति र सभ्यता जोगाउन सकेमात्रै हाम्रो पहिचान रहन्छ ।’लुःजः इन्टरटेन्मेण्टले आयोजना गरेको कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठसहित एक दर्जन बढी कलाकार र श्रष्टाहरुलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस