काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एसिया प्रशान्त क्षेत्रका मुलुकहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।जापानको राजधानी टोकियोमा आयोजित एशियन रोजगारदाता सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका छन् । शान्ति र स्थायित्वविना कुनै पनि समस्या समाधान गर्न सहज नहुने भन्दै उनले सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए ।
एफएनसीसीआईका अध्यक्ष ढकालले दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, श्रम आप्रवासन र सीप विकासलगायत एसिया प्यासिफिक क्षेत्रका साझा लक्ष्य भएको बताए ।ढकालले द्रुत डिजिटलाइजेसन र व्यवसाय सञ्चालनमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)को एकीकरणतर्फ ध्यानाकर्षण गराएका थिए ।
उनले सम्भावित असमानताहरूलाई न्यूनीकरण गर्न श्रमिकको सीप विकास तथा क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।आर्थिक वृद्धि, रोजगारी सिर्जना, साना तथा मझौला उद्यमलाई सहयोग, सामाजिक सुरक्षा, सीप विकास तथा सामाजिक सम्वादको सुदृढीकरणमा नेपाल प्रतिवद्ध रहेको उनको भनाइ थियो ।
नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र लगानीको प्रचुर सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले दुई ठूला र उदीयमान मुलुक चीन र भारतको बीचमा रहेकोले, नेपालमा बजारको ठूलो सम्भावना रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असोज २०८०, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक छ : अध्यक्ष ढकाल
कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउँछौं : अध्यक्ष ढकाल
अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढ्यो : ढकाल
पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक छ: अध्यक्ष ढकाल
चर्चा कमाउनका लागि मात्रै निर्णय नगरौँ : अध्यक्ष ढकाल
निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ : चन्द्र ढकाल