बाराबाट ७७ लाख बराबरको भन्सार छलीको सामान बरामद

सफल खबर संवाददाता

विहीबार, ०४ असोज २०८०, ११ : ४९
बाराबाट ७७ लाख बराबरको भन्सार छलीको सामान बरामद

काठमाडौँ । प्रहरीले बाराबाट ठुलो परिमाणमा भन्सार छलीको सामान बरामद गरेको छ । चार वटा ट्रकबाट ७७ लाख २७ हजार बराबरको भन्सार छलीको सामान बरामद गरिएको बाराका एसपी सुरेश काफ्लेले बताए ।

३ वटा ट्रक भन्सार छलीको सामान लिएर वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । हेटौंडबाट महोत्तरी जाँदै गरेको बा.२१ च ८९९७ नम्बरको पिकअपलाई अनलाइन बिल नभएका पाँच लाख बराबरका ५ ओटा गाई सहित नियन्त्रणमा लिइएको छ । वीरगन्जबाट आएका ट्रकमा भारतबाट आयात गरिएको सामान भेटिएको छ । 

प्रतिक्रिया दिनुहोस