चलचित्र ‘कौसिद’को ट्रेलर सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, ०२ असोज २०८०, १२ : ०९
चलचित्र ‘कौसिद’को ट्रेलर सार्वजनिक

काठमाडौँ । अभिनेत्री ऋचा शर्मा र भोलाराज सापकोटा अभिनीत फिल्म ‘कौसिद’ २६ असोजबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक ट्रेलर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति २६ असोज फिक्स भएको जनाकारी दिएका हुन् ।

ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइको कथामा बनेको फिल्मको ट्रेलरमा पीडा दर्साइएको छ । फिल्मका निर्माता केदार भुसाल हुन् ।  विजया दशमीको छेको पारेर फिल्म प्रदर्शन गर्दा व्यवसाय हुन्छ भनने विश्वासका साथ फिल्म रिलिज गर्न लागिएको निर्माता भुसालले बताए ।

कुमार भास्करको निर्देशन रहेको फिल्ममा ऋचा र भोलाराजको अलवा रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दीप लोहनी लगायतका कलाकारको अभिनय देख्न सकिनछ । 

फिल्मका कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ हुन् । नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा रहेको फिल्ममा निसाल पौडेलको छायाङ्कन, भीम विश्वकर्माको सम्पादन छ । फिल्मका वितरक आरआर फिल्मस् रहेको छ । 

 

प्रतिक्रिया दिनुहोस