कैलालीमा करेन्ट लागेर युवकको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, ०२ असोज २०८०, ०९ : ०१
कैलालीमा करेन्ट लागेर युवकको मृत्यु

कैलाली । कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गौरीगंगा नगरपालिका–७ मनकापुरका ३५ वर्षीय गणेश थारु चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।

चौधरी गौरीगंगा नगरपालिका–९ शंकरपरमा कृष्ण तिवारीले सञ्चालन गरेको तिवारी मेटल उद्योगमा फलामको काम गर्थे।

प्रहरीका अनुसार सोमबार साँझ सटर बन्द गर्ने क्रममा सटरमा विद्युत चुहावट भएर करेन्ट लाग्दा चौधरी गम्भीर घाइते भएका थिए।

उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस