काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुख व्यक्त गर्दै नेपालले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखिनै आत्मसात गर्ने असल नेता गुमाएको बताएका छन् ।
आइतबार राष्ट्रपति पौडेलले नेम्वाङको परिवारलाई एक समवेदना सन्देश पठाउदै राष्ट्रिय राजनीतिका सङ्कटपूर्ण घडीहरूमा समन्वयकारी भूमिका निर्वाह गर्न हरदम तयार हुने नेताका रुपमा सम्झना गरेका हुन् ।
‘जुनसुकै पद र भूमिकामा रहँदा पनि समन्वयकारी, स्वच्छ र इमानदार छविका नेम्वाङले खासगरी सभामुख र संविधानसभाको अध्यक्षका रुपमा नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरेको संविधानसभाबाटै संविधान बनाउने र नेपालको संविधान जारी गर्ने बेलामा निर्वाह गर्नुभएको भूमिका नेपाल र नेपाली जनताले कहिल्यै बिर्सने छैनन्’ उनले समवेदना सन्देशमा भनेका छन् ।
नेम्वाङ शालीन र समन्वयकारी नेताकारुपमा मात्र होइन अन्य नेताहरूलाई सही र सत्मार्गमा डोर्याउन सक्ने असल नेताको रुपमा पनि पाएको राष्ट्रपति पौडेलले बताएका छन् ।
उनले नेता नेम्वाङको आत्माको चीरशान्तिको कामनासहित गर्दै श्रद्धाञ्जली प्रकट गर्नुका साथै परिवारजन, गणतन्त्र पक्षधर र नेकपा एमालेका शुभेच्छुकप्रति समवेदना व्यक्त गरेका छन् ।
समवेदना सन्देश लिएर राष्ट्रपतिका छोरीहरु शर्मिला र अवज्ञा पौडेल, विज्ञ र सल्लाहकारको टोली नेम्वाङको घर पुगेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ भदौ २०८०, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान
संघीय लोकतान्त्रिक गणतन्त्रको आदर्शलाई शिरोधार्य गरौँ, मुलुकको स्वार्थभन्दा माथि केही छैन : राष्ट्रपति
राष्ट्रपति पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
राष्ट्रपतिले चैत २७ गते दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने
राष्ट्रपति पौडेलले गरे बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान