काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दुख व्यक्त गर्दै नेपालले लोकतान्त्रिक गणतन्त्रलाई हृदयदेखिनै आत्मसात गर्ने असल नेता गुमाएको बताएका छन् ।
आइतबार राष्ट्रपति पौडेलले नेम्वाङको परिवारलाई एक समवेदना सन्देश पठाउदै राष्ट्रिय राजनीतिका सङ्कटपूर्ण घडीहरूमा समन्वयकारी भूमिका निर्वाह गर्न हरदम तयार हुने नेताका रुपमा सम्झना गरेका हुन् ।
‘जुनसुकै पद र भूमिकामा रहँदा पनि समन्वयकारी, स्वच्छ र इमानदार छविका नेम्वाङले खासगरी सभामुख र संविधानसभाको अध्यक्षका रुपमा नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरेको संविधानसभाबाटै संविधान बनाउने र नेपालको संविधान जारी गर्ने बेलामा निर्वाह गर्नुभएको भूमिका नेपाल र नेपाली जनताले कहिल्यै बिर्सने छैनन्’ उनले समवेदना सन्देशमा भनेका छन् ।
नेम्वाङ शालीन र समन्वयकारी नेताकारुपमा मात्र होइन अन्य नेताहरूलाई सही र सत्मार्गमा डोर्याउन सक्ने असल नेताको रुपमा पनि पाएको राष्ट्रपति पौडेलले बताएका छन् ।
उनले नेता नेम्वाङको आत्माको चीरशान्तिको कामनासहित गर्दै श्रद्धाञ्जली प्रकट गर्नुका साथै परिवारजन, गणतन्त्र पक्षधर र नेकपा एमालेका शुभेच्छुकप्रति समवेदना व्यक्त गरेका छन् ।
समवेदना सन्देश लिएर राष्ट्रपतिका छोरीहरु शर्मिला र अवज्ञा पौडेल, विज्ञ र सल्लाहकारको टोली नेम्वाङको घर पुगेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ भदौ २०८०, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपतिसँग नेपालका लागि साउदीका राजदूतको बिदाइ भेट
फागुन २१ गतेको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य : राष्ट्रपति
राष्ट्रपति पौडेल आज अपराह्न स्वदेश फर्कदै
राष्ट्रपति पौडेलले आज विश्व शिखर सम्मेलनलाई सम्बोधन गर्ने
गृहमन्त्रीद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण
राष्ट्रपति पौडेल कतार प्रस्थान