एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र परिवर्तन

एजेन्सी

बुधबार, २७ भदौ २०८०, ०८ : ५२
एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र  परिवर्तन

एजेन्सी । एप्पलले आफ्नो नयाँ आईफोनमा लाइटनिङ चार्जिङ पोर्टको सट्टा सी–टाइप चार्जिङ पोर्ट भएको पुष्टि गरेको छ । युरोपेली सङ्घको दबाबमा कम्पनीले यो कदम चालेको हो ।

अहिलेसम्म, आईफोनमा अन्य फोनभन्दा छुट्टै लाइट चार्जिङ पोर्ट थियो, जुन आईफोनको पहिचान पनि थियो । तर अब एप्पलले यसलाई परिवर्तन गर्ने निर्णय गरेको छ ।

मङ्गलवार आफ्नो वार्षिक लन्च कार्यक्रममा, कम्पनीले अब ‘विश्वव्यापी रूपमा स्वीकृत मानक’ युएसबी–सी केबल नै प्रयोग गरिने बताएको छ ।

मङ्गलवार एप्पलले आफ्नो नयाँ सिरिजको घडी पनि सार्वजनिक गरेको छ । यसमा पहिले भन्दा धेरै उन्नत चिप हुनेछ ।

यद्यपि, विश्लेषकहरू विश्वास गर्छन् कि एप्पलले यो वर्ष ल्याएको अपडेट धेरै उल्लेखनीय छैन र यसले धेरै मानिसहरूलाई निराश पार्नेछ ।

सीसीएस इनसाइटसँग सम्बद्ध बेन वुड भन्छन्, ‘आइफोन र एप्पल वाच अब परिपक्व उत्पादनहरू भइसकेका छन्, त्यसैले यो अचम्मित पार्ने खालको पनि छैन ।’

‘यसले आईफोन र वाच उत्पादनहरू कत्तिको उत्कृष्ट छन् र हरेक वर्ष सनसनीपूर्ण अपडेट प्रदान गर्न कत्ति गाह्रो छ भनेर देखाउँदछ,’ वुड भन्छन् ।

नयाँ आईफोन अर्को सातादेखि बजारमा उपलब्ध हुनेछ । यो सन् २०१२ पछि पहिलो आईफोन हुनेछ जसमा वैकल्पिक चार्जिङ पोर्ट हुनेछ ।

कम्पनीले दिएको जानकारी अनुसार पहिलेदेखि नै एप्पलका धेरै ल्यापटप र आइप्याड मोडलमा काम गर्ने युएसबी–सी टाइप केबलले एयरपड्स प्रो र वायर्ड इयरपड हेडफोनहरूको नयाँ संस्करणहरूमा पनि काम गर्नेछ ।

युरोपेली युनियनले एप्पललाई ग्राहकको सुविधाका लागि आफ्नो छुट्टै लाइटनिङ चार्जिङ पोर्ट त्याग्न भनेको थियो । यसले मानिसहरूको पैसा मात्रै बचत हुँदैन ई–वेस्ट पनि कम हुनेछ किनभने चार्जरलाई पुनः प्रयोग गर्न सकिनेछ । 

यद्यपि, धेरैले यो कदमले आगामी केही वर्षहरूमा केबलका फोहोरमा व्यापक वृद्धि हुने चेतावनी दिएका छन् ।

एप्पलले मङ्गलवार आफ्नो लन्च कार्यक्रममा वातावरण सम्बन्धी धेरै प्रतिज्ञाहरू पनि गरेको थियो । एप्पलले आफ्नो वाच रेन्जको उत्पादनहरू पहिलो पटक कार्बन न्युट्रल हुने बताएको छ । 

प्रतिक्रिया दिनुहोस