काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जली दिएका छन् ।एमाले पार्टी कार्यालय च्यासल पुगेर प्रधानमन्त्रीले नेम्वाङलाई श्रद्धाञ्जलीको फूल चढाएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जली दिएकी छन्। 
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, झलनाथ खनालले पनि च्यासल पुगेर नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन् ।
यस्तै गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायतका शीर्ष नेताका साथै विभिन्न दलका नेताहरु र शुभेच्छुकले नेम्वाङलाई श्रद्धाञ्जली दिएका छन् । नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको थियो ।
                                                                                                                
                                                    
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा लेखक कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त
संविधान सभा सदस्य सापकोटालाई आलोकनगरमा अन्तिम श्रद्धाञ्जली
पूर्वसभामुख ढुंगानाको पार्थिव शरीरमा प्रधानमन्त्री ओलीले ओढाए राष्ट्रिय झन्डा (तस्विरहरु)
पूर्वसभामुख ढुंगानालाई सानोगौचरनमा श्रद्धाञ्जली अर्पण