काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।झापाको कनकाई नगरपालिका-८ शीतल चोकमा ग.१ च ३२४८ नम्बरको बोलेरो र प्र.१-०१-०१३ प १४१७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक कन्काई नगरपालिका-४ बस्ने ५४ वर्षीय देबराज सुबेदीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।उता डडेल्धुराको अमरगढी नगरपालिका-१ स्याउलेस्थित सडकमा से.५ प २८०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक बैतडी पाटन नगरपालिका-१ बस्ने ५८ वर्षीय खगेन्द्र पन्तको घटनास्थलमै मृत्यु भएको छ ।
त्यस्तै धनुषाको मिथिला नगरपालिका-५ कुसहवा चोकमा प्र.२-०४-००१ प ३२४३ नम्बरको स्कुटरको ठक्करबाट साइकलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २४ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको ढल्केबर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ भदौ २०८०, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना
ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते
रौतहटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएपछि सडक अवरुद्ध
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु