जोकोभिचलाई कीर्तिमानी २४औं ग्रान्डस्लामको उपाधि

सफल खबर संवाददाता

सोमबार, २५ भदौ २०८०, ११ : ०४
जोकोभिचलाई कीर्तिमानी २४औं ग्रान्डस्लामको उपाधि

काठमाडौँ । सर्बियाका नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि जितेका छन् । ३६ वर्षीय जोकोभिचले सोमबार विहान न्युयोर्कमा सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेका हुन् ।

यो उनको करियरको २४औँ ग्राण्ड्स्लाम उपाधि हो । यो जित पछि उनले मारगरेट कोर्टको कीर्तिमानसँग बराबरी गरेका छन् । जोकोभिचले १० पटक अष्ट्रेलियन ओपन, ७ पटक विम्बलडन ओपन, ४ पटक यूएस ओपन र तीन पटक फ्रेन्च ओपनको उपाधि जितेका छन् ।

प्रतिक्रिया दिनुहोस