६१ किलो सुन प्रकरण : विमानस्थल भन्सारका अधिकृत र दुई नासु पक्राउ

सफल खबर संवाददाता

शनिबार, २३ भदौ २०८०, १६ : ०१
६१ किलो सुन प्रकरण : विमानस्थल भन्सारका अधिकृत र दुई नासु पक्राउ

काठमाडौं । ६१ किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा भन्सार अधिकृत पुष्पा जोशी, नायव सुब्बाद्वय कमल परियार र वीरेन्द्र नेपाली रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिए।

उनीहरू तीनैजनामाथि अनुसन्धान अगाडि बढाइएको छ। उनीहरू संलग्न यो सँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या ३१ पुगेको छ। यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस