बुटवल । बाँकेको शमशेरगन्जस्थित जंगलमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । दुर्घटनामा अन्य १३ जना सख्त घाइते भएका छन् ।
कोहलपुरका डीएसपी सुन्दर तिवारीले बिग्रिएर मर्मतका लागि रोकिराखेको ना ८ ख ६४०५ ट्रकलाई ना ७ ख २३२१ नम्बरको बसले ठक्कर दिन पुग्दा दुर्घटना भएको बताए ।
दुर्घटनामा काशीराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र सहचालकसहित अन्य दुई जनाको मृत्यु भएको हो । सहचालकसहित अन्य दुई जनाको नाम खुलेको छैन ।
बर्दियाको बेतनी सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरू बस रिजर्भ गरेर दाङको थारु सङ्ग्रहालय भ्रमण गरी फर्किने क्रममा दुर्घटनामा भएको बताइएको छ ।
राप्ति सोनारी गाउँपालिका–८ को जंगल क्षेत्रमा राति सवा ९ बजेतिर घटनाको भएको प्रहरीले जनाएको छ। घाइतेहरूको नेपालगन्ज उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ भदौ २०८०, ०७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
इलामको देउमाईमा अटो दुर्घटना, एक जनाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो