स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–६ स्थित रसखोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । ३६ वर्षीय यम बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर पावल सिंह लामाले जानकारी दिए ।
शुक्रवार बिहान यम बहादुरसँगै माछा मार्न गएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वालिङ–६ बस्ने तिल बहादुर थापा क्षेत्री, पाल्पा घर भएका दीपेन्द्र अधिकारी, पर्वत घर भएका अनिल चौधरी र कञ्चनपुर घर भएका ६० वर्षीय बलदेव राना छन् ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट माछा मार्न प्रयोग गरिने तार, रड र बाँसको घाटा बरामद गरेको छ ।मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु