स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–६ स्थित रसखोलामा माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । ३६ वर्षीय यम बहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका इन्स्पेक्टर पावल सिंह लामाले जानकारी दिए ।
शुक्रवार बिहान यम बहादुरसँगै माछा मार्न गएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वालिङ–६ बस्ने तिल बहादुर थापा क्षेत्री, पाल्पा घर भएका दीपेन्द्र अधिकारी, पर्वत घर भएका अनिल चौधरी र कञ्चनपुर घर भएका ६० वर्षीय बलदेव राना छन् ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट माछा मार्न प्रयोग गरिने तार, रड र बाँसको घाटा बरामद गरेको छ ।मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ भदौ २०८०, ११ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु