सहमहामन्त्री यादवलाई भेट्न डा शेखर पुगे ट्रमा सेन्टर

सफल खबर संवाददाता

बुधबार, २० भदौ २०८०, १६ : ३४
सहमहामन्त्री यादवलाई भेट्न डा शेखर पुगे ट्रमा सेन्टर

काठमाडौं। खुकुरी प्रहारबाट घाइते भएका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई भेट्न  पार्टीका नेता डा शेखर कोइराला ट्रमा सेन्टर पुगेका छन् ।उनी केहीबेरअघि ट्रमा सेन्टर पुगेका हुन् । यसअघि यादवलाई भेट्न आनन्द ढुंगाना, उदयशमशेर राणा, शंकर भण्डारी, चित्रलेखा यादव, सरिता प्रसाईंलगायत कांग्रेस नेताहरू ट्रमा सेन्टरमा पुगेका थिए ।

सहमहामन्त्री यादवमाथि बुधवार काठमाडौंमा खुकुरी प्रहार भएको थियो । दिउँसो रिपोटर्स क्लबको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार भएको हो । टाउकोमा चोट लागेका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दियो । 

 

नुवाकोट विदुर नगरपालिको ४७ वर्षका सापकोटाले खुकुरी हानेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमुद ढुंगेलले लोकान्तरलाई जानकारी दिए । 

यादवलाइ खुकुरी प्रहार गर्ने श्याम सापकोटा पक्राउ परिसकेका छन् । पक्राउ परेका सापकोटाले आफूलाई राजावादी भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस