धनगढी । जङ्गली जनावरका लागि थापेको विद्युतीय धरापमा परेर धनगढीकी एक महिलाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका –३ की अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको गए राति ११ बजेतिर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–३ बडहारास्थित रहेको होल्डिङ सेन्टर नजिकै जङ्गली जनावरका लागि खेतमा विद्युतीय तार राखिएको थियो ।
जङ्गली जनावरबाट धानबाली जोगाउन खेतको आलीमा धराप थापेका जंगलिया चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक महिलाको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ भदौ २०८०, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु