म्यानमारसँग मैत्रीपूर्ण खेल्ने नेपाली टिमको बिदाइ

सफल खबर संवाददाता

सोमबार, १८ भदौ २०८०, १३ : ४०
म्यानमारसँग मैत्रीपूर्ण खेल्ने नेपाली टिमको बिदाइ

काठमाडौं । म्यानमारमा हुने मैत्रीपूर्ण खेल खेल्ने नेपाली टोलीको बिदाइ भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीको बिदाइ गरेको हो । नेपाली टोली आज सोमबार नै म्यानमार प्रस्थान गर्नेछ 

यसखेलका लागि प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनेसले २३ सदस्यीय टोलीको यसअघि नै घोषणा गरेका थिए । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०१७ छनोटको प्रारम्भिक चरणको तयारी स्वरुप नेपालले यो खेल खेल्न लागेको हो ।

नेपालले मैत्रीपूर्ण खेल म्यानमारसँग सेप्टेम्बर ८ र ११ (भदौ २२ र २५) मा खेल्न लागेको हो ।

नेपाली टोली

गोलरक्षक : किरणकुमार लिम्बु, दिप कार्की, अभिषेक बराल

डिफेन्डर : सनिष श्रेष्ठ, अनन्त तामाङ, आषिश गुरुङ, रोहित चन्द, अञ्जन राई, छिरिङ लामा

मिडफिल्डर : एरिक विष्ट, सुदिप गुरुङ लखेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिस रत्न छोन्जु

फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिषुब थपलिया ।

प्रतिक्रिया दिनुहोस