जी-२० शिखर सम्मेलनमा सी नआउने भएपछि बाइडेन निराश

एजेन्सी

सोमबार, १८ भदौ २०८०, १२ : २०
जी-२० शिखर सम्मेलनमा सी नआउने भएपछि बाइडेन निराश

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङ जी–२० शिखर सम्मेलनमा सहभागी नहुनेमा निराशा व्यक्त गरेका छन् । यो शिखर सम्मेलन सेप्टेम्बर ९ देखि १० सम्म नयाँ दिल्लीमा हुने भएको छ । अमेरिकी समाचार वेबसाइट द हिलको रिपोर्टका अनुसार बाइडेनले भने- 'यो थाहा पाउँदा म धेरै निराश छु। तर, म उहाँलाई भेट्छु। बाइडेनले सी जिनपिङलाई कहिले र कहाँ भेट्ने हो भने भनेनन्।

सोही क्रममा ह्वाइट हाउसका प्रेस सेक्रेटरीलाई सी जिनपिङ र बाइडेनबीचको भेटबारे प्रश्न गर्दा उनले भनिन्– राष्ट्रपति बाइडेनले क्याम्प डेभिडमा यसबारे जानकारी दिएका थिए । उनी चीनसँग वार्ता अगाडि बढाउन चाहन्छन् ।

दुई राष्ट्रपतिबीच पछिल्लो पटक गत वर्ष इन्डोनेसियामा भएको जी–२० शिखर सम्मेलनमा भेट भएको थियो । त्यसयता जासुसी बेलुन र ताइवानलाई लिएर दुई देशबीचको तनाव झनै बढेको छ । अमेरिकाले चीनले वार्ताको प्रस्ताव अस्वीकार गरेको आरोप लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस