राष्ट्रियसभा बैठक : सभापतिहरुको निर्वाचन कार्यतालिका हेरफेर

सफल खबर संवाददाता

विहीबार, ३१ साउन २०७५, १७ : १७
राष्ट्रियसभा बैठक : सभापतिहरुको निर्वाचन कार्यतालिका हेरफेर

काठमाडौँ । राष्ट्रियसभाका संसदीय समिति सभापतिहरुको निर्वाचन कार्यतालिका हेरफेर भएको छ । आज बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कारणबस मिति हेरफेर गर्नुपरेको जानकारी दिनुभयो ।
यसअघि भाद्र ३ गतेका लागि तोकिएको संसदीय समितिहरुको निर्वाचन १३ गतेका लागि सारिएको छ । ३ गतेका लागि तोकिएको निर्वाचनका लागि सचिवालयले तालिकासमेत सार्वजनिक गरेको थियो । त्यसअघि बैठकको बिशेष समयमा बोल्दै सांसद अनिता देवकोटाले स्थानीय सरकारले जथाभावी रुपमा कर असुली गरेको भन्दै यसले जनतालाई थपभार परेको बताउनुभयो ।
त्यस्तै सांसद बिमला राई पौडेलले भूकम्पपीडित जनताको आवास निर्माण र बिद्यालय निर्माणमा सरकारको ध्यान नपुगेको गुनासो गर्नुभयो ।
बैठकमा राष्ट्रियसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले अपराध पीडित संरक्षण विधेयक २०७५ पेस गर्नुभयो ।
राष्ट्रयसभाको अर्को बैठक भदौ ४ गते सोमबार बिहान ११ बजे बोलाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस