सिन्धुपाल्चोक । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत कार दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।सुनकोशी गाउँपालिका– ७ स्थित ५ किलोमा भएको सो दुर्घटनामा थप चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जिव यादवकाअनुसार बा १५ च ९३७० नम्बरको कार शनिबार राति २ बजेतिर दुर्घटनामा परेको थियो । उनका अनुसार लामोसाँघु–जिरी सडकखण्डको पाँच किलोमा दुर्घटनामा परेको सो सवारी तीन सय मिटर तल खसेको थियो ।
सो दुर्घटनामा परी रामेछाप उमाकुण्ड गाउँपालिकाका ३६ वर्षीय उत्तम महर्जन र बाह्रबिसे नगर घुम्थाङका ४१ वर्षीय बलबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परी घाइते भएका चार जनालाई लाई उपचार्थ धुलिखेल अस्पताल ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु
गौरबाट काठमाडौँतर्फ गइरहेको बस चितवनको टिकौलीमा दुर्घटना, ३३ जना घाइते
रोल्पामा जिप दुर्घटना, चालकको मृत्यु, तीन जना घाइते