सिन्धुपाल्चोक । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत कार दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।सुनकोशी गाउँपालिका– ७ स्थित ५ किलोमा भएको सो दुर्घटनामा थप चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सञ्जिव यादवकाअनुसार बा १५ च ९३७० नम्बरको कार शनिबार राति २ बजेतिर दुर्घटनामा परेको थियो । उनका अनुसार लामोसाँघु–जिरी सडकखण्डको पाँच किलोमा दुर्घटनामा परेको सो सवारी तीन सय मिटर तल खसेको थियो ।
सो दुर्घटनामा परी रामेछाप उमाकुण्ड गाउँपालिकाका ३६ वर्षीय उत्तम महर्जन र बाह्रबिसे नगर घुम्थाङका ४१ वर्षीय बलबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परी घाइते भएका चार जनालाई लाई उपचार्थ धुलिखेल अस्पताल ल्याईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ भदौ २०८०, ०९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते