काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनतासँग विशेष अभियान शनिवार भर्चुअलमार्फत ६ हजार ७४३ वडामा एकसाथ उद्घाटन गर्ने भएको छ । माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले शुक्रवार पार्टी केन्द्रीय कार्यालयबाट पत्रकार सम्मेलन गरी ७५३ पालिकाको सबै वडामा एकसाथ उद्घाटन गर्ने जानकारी दिएका हुन् ।
अभियानको उद्घाटन प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहान ९ बजे केन्द्रीय कार्यालयबाट गर्ने सापकोटाले जानकारी दिए । सबै वडाको उद्घाटन गरे पनि दिउँसो १ बजे चन्द्रागिरि–२ घट्टेडाँडा पार्कमा हुने कार्यक्रममा सहभागी हुने उनले जानकारी दिए ।
‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको उद्घाटन प्रधानमन्त्रीज्यूले पार्टी कार्यालय पेरिस डाँडाबाट जुम प्रविधिमार्फत ६ हजार ७४३ वडामा एकसाथ गर्नुहुन्छ । त्यसपछि दिउँसो १ बजे चन्द्रागिरि–२ घट्टे डाँडामा हुने कार्यक्रममा जानुहुन्छ’, उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा प्रवक्ता सापकोटाले जनताकै सहयोगमा विगतमा जनयुद्ध सफल भएको जिकिर गर्दै तीन महिने अभियानबाट माओवादी फेरि जुरुक्क उठ्ने दाबी गरे । जनस्तरमा प्रभाव पर्ने गरी माओवादी जनतामा जान लागेकोले जनताको असाधारण ऊर्जा आवश्यक भएको सापकोटाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ भदौ २०८०, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र
माओवादी केन्द्रले अब पार्टी कमिटीलाई श्रम तथा उत्पादन अभियानसँग जोड्ने