बुटवलमा करेन्ट लागेर युवकको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०८०, १३ : ५१
बुटवलमा करेन्ट लागेर युवकको मृत्यु

बुटवल। बुटवलमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । विद्युतको पुरानो तार हटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका दाङ राप्ति गाउँपालिका घर भई बुटवलमा बस्ने २२ वर्षीय डोलराज बुढामगरको मृत्यु भएको हो ।  

बुढामगरलाई बुटवल उपमहानगरपालिका–९ स्थित सिद्धार्थ इन्टरनेशनल कलेज नजिकै विद्युतको पोलको पुरानो तार हटाउने क्रममा करेन्ट लागेको थियो ।करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका लागि बुटवलको कालिकानगरस्थित चौराहा हस्पिटलमा मृत्यु भएको  इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी दानबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस