एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपाले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

सफल खबर संवाददाता

शुक्रबार, १५ भदौ २०८०, १० : ५१
एमसीसीविरुद्ध विप्लव नेतृत्वको नेकपाले घोषणा गर्‍यो आन्दोलनका कार्यक्रम

काठमाडौं। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना (एमसीसी) को विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।शुक्रवार बसेको नेकपाको स्थायी कमिटी बैठकले संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको नेकपा केन्द्रीय सदस्य असल क्षेत्रीले जानकारी दिए । 

 

परियोजना लागू हुने जिल्लामा गोष्ठी गर्ने उनले बताए ।  त्यसपछि असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गर्ने उनले जानकारी दिए । मार्चपासमा सांस्कृतिक टोली पनि सहभागी हुने छ ।

उनका अनुसार त्यसपछि फेरि अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ ।बैठकले समाजवादी मोर्चालाई निरन्तरता दिँदै नेपाली विशेषताको समाजवादको बहस सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस