स्वास्थ्य सेवा विभागको महानिर्देशकमा संगीता मिश्रा नियुक्त

सफल खबर संवाददाता

बुधबार, १३ भदौ २०८०, १४ : ०१
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा संगीता मिश्रा नियुक्त

काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा.संगीता कौशल मिश्रा नियुक्त भएकी छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रिस्तरीय निर्णय गराउँदै उनले महानिर्देशकमा नियुक्त गरेका हुन् ।

डा.मिश्रा स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवमा थिइन् । यसअघि विभागको महानिर्देशकमा डा.दिपेन्द्र रमण सिंह थिए । डा.सिंहलाई मन्त्रालय तानिएको छ । यस्तै, कान्ति बाल अस्पतालको निर्देशकमा बाल रोग विशेषज्ञ डा.पंकज रायलाई जिम्मेवारी दिइएको छ । उनी ११ औं तहका चिकित्सक हुन् । यसअघिका निर्देशक डा.युवानिधि बसौलालाई कान्तिमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस