सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ४१ वर्षीय धर्म राज सापकोटा रहेका छन् ।उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
पिपिरा चोक स्थित धुलायाबिटबाट बजार तर्फ आउँदै गरेको भे.७ प. ७७४६ न. को मोटरसाइकलले पिपिरा चोकमा रोकी राखेको क.प्र.०२०० प ४००४ न.को स्कुटर लाई ठक्कर दिएको थियो ।मोटरसाइकल चालक सापकोटाको टाउको र छातीमा चोट लागेको थियो ।
उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु