सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१२ का ४१ वर्षीय धर्म राज सापकोटा रहेका छन् ।उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
पिपिरा चोक स्थित धुलायाबिटबाट बजार तर्फ आउँदै गरेको भे.७ प. ७७४६ न. को मोटरसाइकलले पिपिरा चोकमा रोकी राखेको क.प्र.०२०० प ४००४ न.को स्कुटर लाई ठक्कर दिएको थियो ।मोटरसाइकल चालक सापकोटाको टाउको र छातीमा चोट लागेको थियो ।
उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ भदौ २०८०, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु