विराटनगर। मोटरसाइकल दुर्घटनामा परी कनकाई हस्पिटल विर्तामोडका २८ वर्षीय चिकित्सक नीरज यादवको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारीमा टिपरको ठक्करबाट उनको मृत्यु भएको हो ।
डा. यादव सवार प्र १–०२–०५२ प ४२४१ नं को मोटरसाइकललाई प्र–३–००१ क ००९५ नं को टिपरले ठक्कर दिँदा उनी घाइते भएपछि मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका–११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। एमबीबीएस डा. यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत थिए । ड्युटीमा जाने क्रममा उनी दुर्घटनामा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ भदौ २०८०, १३ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु