काठमाडौं । नेपाली कांग्रेसले कांग्रेसको संस्थापक नेता विपी कोईरालाको जन्मजयन्तीको अवसर पारेर विपी साहित्य महोत्सव, २०८० गर्ने भएको छ । कांग्रेसले विपी कोईरालाको भदौ २४ गते परेको ११० औं जन्मजयन्तीको अवसर पारेर विपी साहित्य महोत्सव, २०८० गर्न लागेको हो ।
कांग्रेस केन्द्रिय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा भदौ २४, २५ र २६ गते कांग्रेस केन्द्रिय कार्यालय सानेपा, ललितपुरमा हुन गइरहेको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।
महोत्सवमा सम्भाषण हुने र महोत्सवका सत्रहरु अन्र्तगत मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, विपीका आख्यानमा नारी, विपीका आख्यानमा मधेश, विपीका दृष्टिमा विपी, विपीले नपाएका १५ वर्ष शिर्षकमा चल्ने भएका छन् ।
त्यस्तै, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बिपी, समावेशिता, सामाजिक रुपान्तरण र विपी, युवा पुस्तामा विपी पठन र परिवारले बुझेका विपी शिर्षकमा समेत सत्रहरु चल्ने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए । महोत्सवमा कविता साँझ, गजल साँझ, सांगितिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनी समेत हुने उनले बताए।
कांग्रेसले महोत्सवमा उपस्थितिका लागि प्राज्ञिक व्यक्तित्वहरु, बुद्धिजीवी, अध्येता तथा राजनीतिका अतिरिक्त लेखन साहित्यमा रुची राख्ने सबैलाई अनुरोध गरेको छ । कार्यक्रमको विस्तृत विवरण, निर्धारित विषय, वक्ता एवं सहजकर्ता र महोत्सवको कार्यतालिका छिट्टै नै सार्वजनिक गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ भदौ २०८०, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफताब आलमको निधनमा कांग्रेसले आइतबार पार्टी कार्यालयहरू बन्द गर्ने
काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्दै
काँग्रेसमा नियमित महाधिवेशन पक्षधरले पनि काठमाडौँमा भेला आयोजना गर्दै
कांग्रेस केन्द्रीय समिति बैठक आजपनि बस्दै