काठमाडौ । तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु भएको छ।
आइतबार म्याङलुङ बजारबाट जिरिखिम्तीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको मोटरसाइकल दुर्घटना स्थानीय दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।
ज्यान गुनमाउनेमा म्याङलुङ नगरपालिका ८ का २५ वर्षीय सविन लिम्बु र मोटरसाइकल चालक २२ वर्षीय संगम तामाङ छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विद्यासागर मेहत्ताका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।।
तीव्रगतिको कारण अनियन्त्रित भई मोटरसाइक दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ भदौ २०८०, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते