काठमाडौ । तेह्रथुमको म्याङलुङमा मोटरसाइकल दुर्घटना हुँदा २ युवकको मृत्यु भएको छ।
आइतबार म्याङलुङ बजारबाट जिरिखिम्तीतर्फ जाँदै गरेको को १४ प ८९२ नम्बरको मोटरसाइकल दुर्घटना स्थानीय दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।
ज्यान गुनमाउनेमा म्याङलुङ नगरपालिका ८ का २५ वर्षीय सविन लिम्बु र मोटरसाइकल चालक २२ वर्षीय संगम तामाङ छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विद्यासागर मेहत्ताका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।।
तीव्रगतिको कारण अनियन्त्रित भई मोटरसाइक दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ भदौ २०८०, ०७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु