काठमाडौँ । प्रतिनिधि सभाका १० मध्ये ९ वटा समितिमा निर्विरोध सभापति चयन भएका छन्।
१० वटा विषयगत समितिमध्ये काँग्रेसले ३, एमालेले २, माओवादी, एकीकृत समाजवादी, राप्रपा, जसपा र जनमत पार्टीले १-१ समिति सभापति पाएका छन्। भागबन्डामा असन्तुष्ट राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा समितिको सभापति पदमा उम्मेदवारी दिएको छ।
रास्वपाले उम्मेदवारीका लागि आवश्यक हुने प्रस्तावक र समर्थक पुग्ने समितिमा उम्मेदवारी दिएको हो। उद्योग समितिमा रास्वपाका ३ सांसद छन्।
कांग्रेसबाट अर्थ समितिमा सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा आरजु राणा देउवाले उम्मेदवारी दिएका छन्। एकल उम्मेदवारी परेका कारण तीनै जना निर्विरोध सभापति चयन भएका छन्।
त्यस्तै नेकपा (एमाले)बाट सार्वजनिक लेखा समितिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिमा किरणकुमार साहको उम्मेदवारी परेको छ।
जनता समाजवादी पार्टीबाट राजकिशोर साहले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उम्मेदवारी दिएका छन् भने शिक्षा तथा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी उम्मेदवार बनेका छन्। नेकपा (माओवादी केन्द्र)ले कानून, न्याय तथा मानवअधिकार समिति पाएको छ। जसमा विमला सुवेदी उम्मेदवार बनेकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० भदौ २०८०, १९ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ प्रतिनिधि सभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची
प्रतिनिधि सभाबाट चार अध्यादेश स्वीकृत
मन्त्रीहरूको उपस्थितिपछि प्रतिनिधि सभाको अवरुद्ध बैठक पुनः सञ्चालन
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल
प्रतिनिधि सभामा राष्ट्र बैंक-तेस्रो संशोधन विधेयक-२०८३ प्रस्तुत
नेकपाद्वारा प्रतिनिधि सभामा प्रधानमन्त्रीको अभिव्यक्ति र सरकारका विषयमा जवाफ माग