बालबालिकालाई कोरोनाविरुद्धको खोप भोलिसम्म दिइने

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०८०, १४ : ५०
बालबालिकालाई कोरोनाविरुद्धको खोप भोलिसम्म दिइने

काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप बालबालिकालाई सोमबार अर्थात् भोलिसम्म लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गरी काठमाडौँ जिल्लामा १२ वर्ष माथिका उमेर समूहका बालबालिकाका लागि कोभिड–१९ विरुद्धको फाइजर खोपको अभियान सञ्चालन गरेको हो ।

भोलिसम्म सञ्चालन हुने  खोप अभियानमा पहिलो, दोस्रो, मात्राको साथै  पहिलो बुस्टर, दोस्रो बुस्टर, तेस्रो बुस्टर र चौथो बुस्टर दिइने मन्त्रालयले जनाएको छ ।

काठमाडौँ जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थाहरू,सामुदायिक विद्यालयहरू, नगर अस्पतालहरू, सरकारी तथा गैर सरकारी अस्पतालहरूमा बालबालिकाका लागि खोप अभियान सञ्चलन गरिनेछ । खोप लगाउन जाँदा खोप कार्ड लिएर जान मन्त्रालयको अनुरोध छ । 

प्रतिक्रिया दिनुहोस