काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले संसदीय समितिको सभापतिमा २ उम्मेदवार चयन गरेको छ । पार्टीले पाएको २ संसदीय दलको समितिको सभापतिमा माधव सापकोटा र बिमला सुवेदीलाई सभापति बनाउने भएको हो ।
सत्तागठबन्धनको भागवण्डाअनुसार माओवादीलाई पूर्वाधार विकास र कानुन,न्याय तथा मानवअधिकार समिति परेको थियो । सिन्धुपाल्चोक–१ का सांसद सापकोटालाई पूर्वाधार विकास समितिको सभापति र नुवाकोटकी सांसद सुवेदीलाई कानुन, न्याय तथा मानव अधिकार समितिको सभापति बनाउने निर्णय गरेको हो ।
सभापतिको लागि आजै ४ बजेसम्म मनोनयन दर्ताको मिति तोकीएको छ । भोलि सभापतिका लागि निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० भदौ २०८०, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विधेयक पारित गराउन सरकार गम्भीर देखिएन : माओवादी केन्द्र
स्थापित बाम नेता भरत प्रसाद साह माओवादी केन्द्रमा प्रवेश
विभिन्न पार्टी परित्याग गरी ३७० जना माओवादी केन्द्रमा प्रवेश
अब जति पनि केन्द्रीय सदस्य बनाउन सक्ने माओवादीको निर्णय
नेसपाका केन्द्रीय सचिवालय सदस्य किरण थापासहित १४ जना माओवादीमा प्रवेश
खुमलटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै