कांग्रेस रूपान्तरण अभियानका अगुवाको प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, १० भदौ २०८०, १० : ४७
कांग्रेस रूपान्तरण अभियानका अगुवाको प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेस रूपान्तरण अभियानले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ ।  आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर रूपान्तरण अभियानका अगुवाहरूले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

 

उनीहरुले प्रधानमन्त्रीलाई भेटेर देशमा सुशासन कायम गर्न र भ्रष्टाचार काण्डमा दोषी सबैलाई कारबाही गर्न ध्यानाकर्षण गरेको नेता भुपेन्द्रजंग शाहीले बताए । ललिता निवास जग्गा प्रकरणमा निष्पक्ष अनुसन्धान र सम्पूर्ण दोषीलाई कारबाही गर्नुपर्ने उनीहरूको माग छ । कसैलाई उन्मुक्ति दिन नहुने  शाहीले बताए ।

 

यस्तै नक्कली भुटानी शरणार्थी काण्डमा अनुसन्धान र कारबाहीको अन्तिम बिन्दुसम्म पुगेर संलग्नलाई कारबाही गर्नुपर्नेबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनको भनाइ छ ।सुन काण्ड प्रकरणमा निष्पक्ष अनुसन्धान गरी कुनै पार्टी नहेरी आग्रह पूर्वाग्रह नराखी अगाडि बढ्न उनीहरूको सुझाव छ ।

‘नाम जोडिएका माओवादी नेताहरू र सुन काण्डमा संलग्नलाई जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ भनेर कुरा राखेका छौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस