काठमाडौ । सिन्धुलीमा एक महिलाको टाउको बिनाको शव फेला परेको छ।
सुनकोशी गाउँपालिका २ टुपीडाँडास्थित सुनकोशी नदी किनारमा एक महिलाको टाउको बिनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
कोशी किनारमा महिलाको शव देखेपछि शनिबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
अनुमानित ३५, ४० वर्षीया महिलाको शव नदीले काभ्रेतिरबाट बगाएर ल्याएको हुनसक्ने आशंका प्रहरीले गरेको छ।
पोष्टमार्टमपछि उक्त शव सिन्धुली जिल्ला अस्पतालको शवगृहमा राखिएको छ। प्रहरीले ती महिलाको हत्या भएको अथवा बाढी तर्ने क्रममा बगाउँदा मृत्यु भएको अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० भदौ २०८०, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको आक्रमणमा परी ज्यान गुमाएका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
खोलामा शव फेला, दुई जना पक्राउ
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव