काठमाडौं । आज राष्ट्रियसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ ।
बिद्यायन ब्यबस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरुको अध्ययन प्रतिवेदन २०८० पेश गर्ने कार्यसुचीमा उल्लेख छ ।
साथै, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० भदौ २०८०, ०७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो : राष्ट्रियसभा अध्यक्ष
राष्ट्रियसभा बैठक बस्दै, पर्यटन विधेयक प्रस्तुत गरिने
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभाबाट चार प्रतिस्थापन विधेयक बहुमतले पारित
राष्ट्रियसभा बैठक बस्दै : के-के छन् कार्यसूची ?
राष्ट्रियसभामा मन्त्रीहरूसँग प्रश्नोत्तर हुने