काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले गठबन्धन सरकारबाटै बारम्बार संविधानको उल्लङ्घन भएकोले त्यसप्रति नेकपा एसले स्पष्ट धारणा राख्नुपर्ने बताएका छन् ।
संविधानको रक्षा गर्न बनेको गठबन्धनबाटै संविधानको उल्लङ्घन भइरहेको बताएका खनालले त्यसमा सरकारमा सहभागी भएको आधारमा गलत कामको सिकार पार्टी बन्न नहुने बताए ।
हाम्रो पार्टीले कस्तो धारणा राख्ने यो सवालमा पार्टी क्लियर हुनुपर्छ । हामी गठबन्धनको नाउँमा उनीहरूले गरेका गलत कामको सिकार हुनुहुदैन् ’ खनालले भने ।
शनिबार नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) को दोस्रो पार्टी पुनर्गठन दिवस पारेर आयोजित कार्यक्रममा सम्मानित नेता खनालले देशको समसामयिक सामाजिक,आर्थिक र राजनीतिक अवस्थाबारे चिन्ता प्रकट गरे ।
उनले भने,‘संविधानको रक्षा गर्न बनेको जुन गठबन्धन छ,त्यसैले नै संविधानको उल्लङ्घन गरेको छ । कोशीमा मात्रै हेर्नुन दुई चोटी संविधानको उल्लङ्घन भयो भनेर सर्वोच्च अदालतले फैसला दिएको छ ।’
उनले उक्त विषयमा नेकपा एसको धारणा स्पष्ट हुनुपर्ने पनि बताए ।
त्यस्तै नेता खनालले जनताको दैनदिनको समस्यासँग एकाकार भएर पार्टीलाई जनसङ्घर्षसँग जोडेर वर्गसंघर्षलाई अगाडि बढाउनुपर्ने धारणा पनि राखे । उनले नेकपा एसका सबै कमिटीलाई तल्लो तहबाटै एकीकृत गरेर दृढतापूर्वक अगाडि बढाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, १९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री खनाल ६ दिने चीन भ्रमणमा जाने
इरान र प्यालेस्टाइनसहित मुस्लिमको पक्षमा उभिन झलनाथ खनालको आह्वान
राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र ल्याएपनि जनताको बन्न सकेन : झलनाथ खनाल
सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल
नीति तथा कार्यक्रममा जनताको हितमा केही छैन: झलनाथ खनाल
श्रमिक वर्गले नै परिवर्तनको नेतृत्वदायी भूमिका खेल्न सक्छ : झलनाथ खनाल