काठमाडौँ । सुर्खेत र झापाबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरेको हो । सुर्खेतको भेरीगंगा नगरपालिका–५ बाट जुम्ला चन्दननाथ नगरपालिका–५ बस्ने २८ वर्षीय युवराज पक्राउ परेका छन् ।
अधिकारीका साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने ११ ग्राम ७ सय ७० मिलिग्रामसहित पदार्थ बरामद गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्युरोले जनाएको छ । प्रहरी टोलीले क.प्र.०२००१ ख ०१०२ नम्बरको गाडीमा जाँच गर्ने क्रममा अधिकारीलाई पक्राउ गरिएको बताएको छ ।
त्यस्तै झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट सोही नगरपालिका– ६ भानुनगर बस्ने २८ वर्षीय आकाश भुजेल पक्राउ परेका छन् । उनलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने १ ग्राम १३ मिलिग्राम पदार्थसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले मे ६ प २६७५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक भुजेललाई उक्त पदार्थसहित पक्राउ गरिएको जनाएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ