काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक तथा जातीय सद्भाव भड्काएर राजनीतिको रोटी सेक्ने काम हुन लागेको आरोप लगाएका छन् । टोखा नगरपालिकामा शनिबार बिहान आयोजना गरिएको पार्टीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले सामाजिक र जातीय सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका हुन् ।
प्रमुख राजनीतिक दलहरू सुन,भ्रष्टाचार लगायतका काण्ड ढाकछोप गर्न लागि परेको आरोप लगाउँदै लामिछानेले जातीय, क्षेत्रिय तथा धार्मिक द्वन्द्वको भुमरीमा मुलुकलाई धकल्ने काम नगर्न आग्रह गरे । ‘आज जातीय सद्भाव भड्काउन पाइयो भने भ्रष्टाचारका यत्रा काण्डहरू सामसुम/थामथुम हुन्छ होला भनेर त्यतातिर आगो झोसिरहेका छन्,’ उनले भने,‘खबरदार त्यो आगोमा पेट्रोल र मट्टितेल हाल्ने काम कसैले नगर्नु होला ।’
माजिक सद्भाव कायम गर्न आफू पानी हाल्न तयार रहेको जनाउँदै उनले सबैलाई कानूनको पालना गर्न आग्रह गरे । ‘कानून विपरीत कार्य हामी कसैले पनि गर्न हुँदैन । त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा सद्भाव खलबल्याउने कुरा,एक अर्काको विचमा बैमनस्यता खडा गर्ने कुरा र त्यसबाट राजनीतिको रोटी सेक्ने काम कसैले पनि गर्न हुँदैन ।’
उनले समाजको सद्भाव खलबल्याउनेबाट सचेत हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखिएका कुराको पछि लाग्न नहुने बताए । त्यस्तै उनले सबै मिलेर बेथितिको विरुद्ध लड्नुपर्नेमा जोड दिए । ‘हाम्रो दुस्मनी भनेको एक अर्काको होइन,एउटा जाति र अर्को जाति के यो नेपालीको दुस्मन हो? एउटा समुदाय अर्को समुदायको दुस्मन हो ? हाम्रो साझा दुस्मन गरिबी, अशिक्षा र बेरोजगार हो । हरेक एक नेपालीको साझा दुस्मन त्यही हो । हाम्रो लडाइँ त्यो दुस्मनसँग हो, एक अर्कासँग होइन ।’
।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ भदौ २०८०, ११ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन हेर्न नमिल्ने
रवि लामिछानेको मुद्दा पर्सा सरकारी वकिल कार्यालयमा बुझाइयो
रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश
रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज पेसी
हेर्न नमिल्नेमा पर्यो रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन
रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश फुयाँलको इजलासमा