उपेन्द्र यादव भारत प्रस्थान

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०८०, ११ : २५
उपेन्द्र यादव भारत प्रस्थान

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव भारत प्रस्थान गरेका छन् । भारत केरेलाको कोचीमा हुने एक वैवाहिक कार्यक्रममा भाग लिन उनी दिल्ली हुँदै केरेला पुग्ने पार्टी स्रोतले जनाएको छ ।

वैवाहिक कार्यक्रम भनिए पनि यो उनको राजनीतिक भ्रमण पनि हो । उनले दिल्लीमा उच्चस्तरीय भेटघाट गर्ने स्रोतले जनाएको छ । यसअघि जनमत पार्टीका अध्यक्ष सिके राउत दिल्ली भ्रमण सकाएर फर्केका छन् ।

सरकारले गौर घटनाको फाइल खोलेपछि जसपाका अध्यक्ष यादव र सरकार बीचको दुरी बढेको छ । सरकारले गौर घटनाको छानबिन अगाडि बढाएको छ । यही बीच यादवको दिल्ली भ्रमणलाई चासोका साथ हेरिएको छ ।  

प्रतिक्रिया दिनुहोस