काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय दलको बैठक बोलाएका छन् । सत्ता गठबन्धनले संसदीय समितिको सभापति चयनको लागि प्रक्रिया थालेको छ ।
समिति सभापति चयनको लागि यही भदौ ११ गते दिउँसो ३ बजे निर्वाचन हुने भनिएको छ। तर, समितिको सभापति चयनको लागि कांग्रेस, एमाले र माओवादी केन्द्रले आफूहरुलाई बेवास्ता गरेको रास्वपाको निश्कर्ष छ ।
सभापति लामिछानेले आजको बैठकमा समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्नेछन् । यसको साथै पार्टीले संसद्मा दर्ता गराएका संकल्प प्रस्ताव र सार्वजनिक महत्वका विषयका बारेमा पनि छलफल गर्ने बुझिएको छ ।
बैठक आज साँझ ५ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने जनाईएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, १२ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपामा समानुपातिक उम्मेदवारका लागि आवेदन शुल्क ५० हजार कायम
रास्वपाको हस्ताक्षर अभियान’मा कति उठ्यो पैसा ?
यस्तो छ रास्वपाका कार्यवाहक सभापति अर्यालको प्रतिवेदन
रास्वपाको पार्टी सदस्य संख्या ३ लाख, ३ जिल्लामा समिति बन्न बाँकी
रास्वपाको विस्तारित बैठक सुरु
रास्वपाको विस्तारित बैठक आजदेखि, पार्टीको आगामी रणनीति तय गर्ने मुख्य एजेन्डा