काठमाडौं । धरानका मेयर हर्क साम्पाङलाई व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न उच्च अदालतले आदेश दिएको छ । साम्पाङलाई उच्च अदालत विराटनगरले जग्गाधनीलाई धरपकड नगर्न आदेश दिएको हो ।
न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न र उनीहरुमाथि धरपकड नगर्न आदेश दिएको हो । अधिकारी दम्पती आफ्नो जमिनमा उपमहानगरले बिरुवा रोपेको भन्दै यसअघि नै अदालत गएका थिए ।
सो विषयमा अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म उक्त जग्गामा अनधिकृत रुपमा प्रवेश नगर्न, वृक्षारोपण नगर्न, नगराउन आदेश दिएको थियो । सो आदेशपछि पनि साम्पाङको टोलीले घर भत्काइदिने धम्की दिएपछि फेरी विवाद चर्केको थियो । मेयर साम्पाङसँग अधिकारी दम्पत्तिले प्रतिवाद गरेको भिडियो सार्वजनिक भएको थियो ।
दुव्यवहारको गरेको भन्दै मेयर साम्पाङले अधिकारी दम्पत्तिलाई पक्रन प्रहरीलाई उजुरी दिएका थिए । त्यसपछि अधिकारी दम्पती पनि फेरी अदालत पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हर्क सङपाङको प्रश्न- यो देश ढुंगाहरूको हो या मान्छेको ?
सदनमा रक्षामन्त्रीलाई देखिएन, बोलाइयोस्: हर्क साम्पाङ
प्रधानमन्त्रीको अभिव्यक्तिबारे हर्क साम्पाङको प्रतिक्रिया : रेकर्ड हट्ने विश्वास, आन्दोलन जारी
सभामुखलाई हर्क साम्पाङको प्रश्न- सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ ?
हर्क साम्पाङको प्रश्न- प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' ?
प्रधानमन्त्री आउनुहुन्न भने रक्षामन्त्री खोजेर ल्याइदिनुस्' : सभामुखसँग हर्क साम्पाङको माग