काठमाडौँ । नेपाल राष्ट्र बैंकले भदौ १० गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । भदौ ११ गते जारी गर्नेगरी बैंकले ६ वर्षे अवधिको विकास ऋणपत्र २०८६ ‘ज’ बोलकबोल गर्ने भएको हो ।
भदौ १० गते दिउँसो ३ बजे विकास ऋणपत्रको बोलकबोल गरिने केन्द्रीय बैंकले सूचना गरेको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् ।
कूल १० अर्ब रुपैयाँ मध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धात्मक र १५ प्रतिशत, १ अर्ब ५० करोड रुपैयाँ विना प्रतिस्पर्धा प्रणालीबाट बिक्री गरिनेछ । विकास ऋणपत्र खरिदकर्ताले प्रत्येक ६÷६ महिना अर्थात् अर्धवार्षिक रुपमा ब्याज पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ भदौ २०८०, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई
४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकले एकैदिन एक खर्ब २० अर्ब निक्षेप तान्दै